पाँचौँ संक्रमित घरैमा, चैत ४ देखि १२ दिनसम्म के के गर्नुभयो....
कहाँ जानुभयो, क–कसलाई भेट्नुभयो ?
१० गते पुनः ज्वरो आएपछि एक दिन कुरेर युवतीले चैत ११ गते धौलागिरि अञ्चल अस्पतालमा फोन गरेर आफुलाई ज्वरो आएको जानकारी गराउनुभएको थियो ।
काठमाडौं, १५ चैत । नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भाइरस रोग संक्रमणको पुष्टि भएको छ । उहाँ र फ्रान्सबाट आउनुभएकी दोस्रो संक्रमित कतार एयरको क्यूआर ६५२ एउटै विमान मार्फत चैत ४ गते काठमाडौं आउनुभएको बुझिएको छ । तर बाग्लुङकी युवतीमा कोरोनाको पुष्टि नेपाल आएको १२ दिनमा मात्रै भयो । यो १२ दिनको बीचमा उहाँ कहाँ जानुभएको थियो र उहाँले क–कसलाई भेट्नुभयो ? स्रोतका अनुसार १९ वर्षकी युवती बेल्जियमबाट गाउँकै करिव ६१/६२ वर्षकी बृद्दासँगै नेपाल आउनुभएको थियो ।
चैत ४ को घटना
१९ वर्षकी युवतीसँगै आउनुभएकी करिव ६२ वर्षकी बृद्दालाई ज्वाई लिन एयरपोर्ट पुग्नुभएको थियो । चैत ४ गते तीनै जना पोखरामा बसेको र भोलिपल्ट चैत ५ गते माइक्रोमा सँगै बाग्लुङ जानुभयो ।
त्यसपछिका घटना.......
६२ वर्षकी वृद्दा र ज्वाँइ बाग्लुङमा नै बसेको तर युवती सोही दिन घर जानुभयो। घर पुगेपछि चक्लेट बाँड्नुभएको थियो र एक पूजामा पनि सहभागी हुनुभएको थियो । युवती हजुरबुवा, हजुरआमा, आमा बुवासँगै एउटै घरमा बस्नुभएको थियो । युवतीलाई ८ गते सामान्य ज्वरोको लक्षण देखिएको र फेरि एक दिनपछि उपचार नगरिकनै निको भएपछि अस्पताल नगएको बुझिएको छ ।
१० गते पुनः ज्वरो आएपछि एक दिन कुरेर युवतीले चैत ११ गते धौलागिरि अञ्चल अस्पतालमा फोन गरेर आफूलाई ज्वरो आएको जानकारी गराउनुभएको थियो । धौलागिरि अञ्चल अस्पतालबाट आर्मीसँग पीपीई मागेर स्वाब परीक्षणका स्वास्थ्यकर्मीको टोली घरमा नै पठाएको थियो । चैत १४ गते शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना प्राप्त गरेको थियो ।
आज रिपार्ट पोजेटिभ आउँदा युवतीलाई ज्वरो निको भई बिना लक्षण घरमा आइसोलेसनमा बसिरहनुभएको छ । युवतीलाई उपचारका लागि कुन अस्पताल ल्याउने भन्ने निक्र्यौल भइसकेको छैन । धौलागिरि अञ्चल अस्पतालमा एउटा मात्र आइसीयू रहेको छ ।
तपाईँको अभिमत